कथाः विदेशी श्रीमानको श्रीमतीलाई पत्र !
प्रिय म प्रदेशमा छु । तिम्रो खुसी, आमाको च्यातिएको चोली, बालबच्चाको भविष्य, बुवा विरामी हँुदा काँडेर औषधी गर्दाको ऋण र चुहिने घरको छाना फेर्नुछ । बुवालाई हजार कोशिस गर्दापनि बचाउन सकिएनन, अहिले बुढी आमा र साना बच्चाबच्ची तिम्रो जिम्मा छोडेर विदेशी भुमीमा छु । बिदेश आउँदै गर्दा बुढी आमाको आँखामा टिल्पीलाएका आसू, डाँको छोडेर रोएकी तिमी र बच्चा-बच्चीको त्यो रुवाईले मन गाँठोपारेर रुदै निस्कीएको अहिले पनि सम्झीएको छु । अहिले पनि तिम्रो, आमा र बच्चा बच्चीको मायाले सताउँछ र रुन्छु पनि !
प्रविर ददेल ।
प्रिय म प्रदेशमा छु । तिम्रो खुसी, आमाको च्यातिएको चोली, बालबच्चाको भविष्य, बुवा विरामी हँुदा काँडेर औषधी गर्दाको ऋण र चुहिने घरको छाना फेर्नुछ । बुवालाई हजार कोशिस गर्दापनि बचाउन सकिएनन, अहिले बुढी आमा र साना बच्चाबच्ची तिम्रो जिम्मा छोडेर विदेशी भुमीमा छु ।
तिमीलाई थाहा छ नि ! म साँहुको ऋण र घरको समस्याको भारीले बस्न नसकेर बिदेशीएको हुँ । मलाई पनि बुढी आमा कलिला बालवालिका र मेरो प्रिय श्रीमती छोड्न मन थिएनन । बिदेश आउँदै गर्दा बुढी आमाको आँखामा टिल्पीलाएका आसू, डाँको छोडेर रोएकी तिमी र बच्चा-बच्चीको त्यो रुवाईले मन गाँठोपारेर रुदै निस्कीएको अहिले पनि सम्झीएको छु ।
अहिले पनि तिम्रो, आमा र बच्चा-बच्चीको मायाले सताउँछ र रुन्छु पनि । ७ दिदी बहिनी हुँदा पनि बुढेसकालको सहारा भन्दै छोरा म जन्मीदा खुसी भएकी आमा अहिले बुढेसकालमा एक्लै हुँदा के सोच्छिन होला रु कति पीडा होला हुन्छ होला रु जन्म घर, आमा वुवा र दाजुभाई छोडेर अग्नी साँक्षी राखेर सँगै जिउने सँगै मर्ने कसम खाएका तिमी र म एक्ला-एक्लै जिउनु बाध्य बनाउने प्रमुख सत्रु हाम्रो गरिबी हो ।
आमा र बुवाको काखमा लडीबुडी खेल्दै रमाउने छोरा छोरी मेरो साथमा छैनन् । तल्लाघरी माईला र माईलीका छोरा-छोरी सँगै टिकटक बनाएको सामाजिक सञ्जालमा देख्दा मेरा छोरा९छोरी सम्झीन्छु र आँखा रसाउछन् । तर के गर्नु बुढी आमा, प्यारी श्रीमती र छोरा-छोरीसँग बस्न साँहु ऋणले दिएन । मुनामदनमा लक्ष्मीप्रसाद देवकोटाले साँग र सिस्नो खाएर गाउँमै बस्नुपर्छ भनेका छन् । मपनि विदेश जादैन गाउँमै बस्ने निधो गरेको थिए । तर अँह ! विदेश आउन बाध्यता आईलाग्यो । अहिले म खाडीको मुलुकमा ४० डिग्री भन्दा वढी तामक्रममा दिनरात नभनि काम गरिरहेको छु, तर सोचेजस्तो काम र दाम कमाउन सकेको छैनन् ।
तिमीलाई थाहा छैनन्, म घरको अवस्थामा फेर्न कति कडा काम गर्नुपर्दछ भन्ने । सुन न सानू यहाँ सँगै काम गरिरहेका साथीहरु समयमा खान, सुत्न र आराम गर्न नपाउँदा काम गर्ने ठाउँमै बेहोस हुने र कतिको ज्यान समेत गईरहेको छ । अर्को कुरा राती सुतेका पनि बिहान जिबीत हुने सम्भावना निकै कम छ यहाँ । अस्ती मात्रै मसँगै सुतेको पुर्वी नेपालका एकजना साथी राती सुतेको सुत्यै भए । अहिले मलाई पनि डर लागि रहेको छ । साहेद मलाई पनि त्यस्तै भयो भने तिम्रो हालत कस्तो हुन्छ होला ? बुढी आमाको सपना र बच्चा बच्चीको भविष्यबारे कस्तो होला भनि सोच्छु र कुलदेवता पुकारर्दै बसेको छु ।
कुलदेवताले रक्षा गरेर र बुढी आमाको आर्शिवाद तिम्रो र छोरा९छोरीको मायाले धन्न बाँचेको त छु । तर यो प्रदेशको ठाउँमा पटक-पटक मरेर बाँचेको छु । विरामी हुँदा सम्म पानी दिने कोही छैनन् । ज्यानले नसक्दा पनि काम नगरे खान पाईदैन रु यताको साहुँको काममा पेलाई, कचकचले काम छोडेर घर आउ-आउ जस्तो लाग्ग्छ । तर घरमा पनि त साँहुको बचन र ऋणले बस्न नदिएर प्रदेशी भएको हुँ । यहाँ कम्पनी पनि राम्रो छैनन् । विदेश पठाउने दलालीले राम्रो काम छ भनी पठायो । म पनि त राम्रो काम गरेर पैसा कमाउने आशमा विदेशीको हुँ । अहिले कम्पनी राम्रो चलेको छैनन् । काम गरेको पैसा पनि समयमा दिदैन ।
विदेश आएको झण्डै तिन वर्ष पुग्न थाल्यो । साँहुको ऋण, आमाको च्यातिएको चोली र बच्चा -बच्चीको भविष्य र तिम्रो खुसी बनाउनुको साथै घरको छाना फर्ने भनि साँहुको ऋण काँडेर विदशीएको भुलेको छैनन् । घरमा पहिलेको ऋण तिरेर घर व्यवस्था फेरौला भनेको विदेश आउँदाको ऋण समेत तिर्न सकेको छैन् । दिनमा झण्डै १८ घण्टा काम गर्दा सम्म पनि मासिक २०÷३० हजार रुपैयाँ पनि कमाई हुँदैन । उ बेला विदेश पठाउने दलालीले मासिक ८० हजार रुपैयाँ कमाई हुन्छ भनेर पठायो । तर, अहिले पनि घरमा साँहु आएर तनाव बनाउँछ भन्छेउ । कहिले कसो मलाई पनि साँहुले फोन गर्छन् । मैले बुझेको छु गरिबलाई साँहुले गर्ने हेँपाह प्रवृति । मैले पनि त यहाँ भनेको जस्तो पैसा भएको भए साहँुको बचन सहन कहाँ रहर थियो । पहिले-पहिले कम्पनी राम्रो चल्दा र पैसा पठाएकै थिए । तर अहिले कम्पनी चलेको छैनन् मैले के गरुऔं सानू । अहिले तिमी पनि पैसा-पैसा भन्दै झर्केने र रिसाउछेउ । मैले गरेको फोन उठाउदिनौं । बालबच्चा र बुढी आमा सँग मेरो कुरै गराउदिनौं । अस्ती डाडाँघर साईलाले फोन गरेर भाउजुको चाल ठिक छैन भन्दैथियो । तर मलाई तिम्रो विश्वास छ । मलाई तिमीप्रति कुनै शंका छैनन् । तिमीले साना छोरा-छोरी र वुढी आमाको पालन पोषणको जिम्मा लिएकी छेऊ । अनि उनीहरुको भविष्य तिम्रो र मेरो काँधमा छ । यसलाई सार्थकता बनाउन तिमीले घरमा दुःख गरिरहेकी छेउ, मैले प्रदेशमा । तिमी त संस्कारी र समाज पनि बुझेकी छेउ नी ! गाउँमा मान्छेहरु नानाथरी कुरा काट्दै हिड्छन् त्यसको प्रबाह गर्नु हुँदैन ।
तर केही विदेशीको श्रीमतीले वालबच्चा विच्चली पारेर अर्कैसँग विहे गरेको समाचार बेला-बेला सुनिन्छन । अस्ती मात्रै हामीसँगै काम गर्ने पश्चिम नेपाल कैलालीका एक जना साथीको श्रीमती श्रीमानले कमाएको पैसा समेत लिएर भागेको खबर सुनेपछि हामी सबैलाई दुःख लाग्यो । मेरो मन भत्भती पोलेको छ । यसले तिमी जस्तो संस्कारी नारीमाथि समेत शंका वढाएको छ । त्यसैले सानु काम विनै शहर बजार नछिर्नु । साथसंगत पनि संस्कारी नारीसँग गर्नु, गिद्देनजर लगाउने परपुरुषसँग सचेत हुनु । अर्काको घर विगारेर रमाउनेहरु धेरै हुन्छन् । बालबच्चा बुढी आमा र तिम्रो स्वास्थ्यको बारेमा धेरै ख्याल गर्नु । मपनि यहाँ दुःख सुख गरेर, घरको समस्या बुझेर काममै व्यस्तको व्यस्तै छु । अहिले जति दुःख भोगेपनि एकदिन कसो लक्ष्मी दाहिने नहोलान र रु त्यसबेला साँहु ऋण तिरौला, नयाँ घर बनाउला, छोरा-छोरीको इच्छा अनुसारको शिक्षा दिक्षा दिउँला अनि हामी पनि त रमाउला नी ! तिमीलाई माया गर्ने प्रदेशी श्रीमान । यो काल्पनीक कथा हो । कसैको जीवनसँग मेल खान गएमा संयोग मात्रै हुनेछ । लेखकः नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य हुन् ।